Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको वेबसाइट सोमबार ह्याक भएको छ। यसअघि निर्वाचन आयोग र सुदूरपश्चिम सरकारको वेबसाइट ह्याक गरेको ‘क्याप्टेनस्मोकर’ नामक समूहले यो ह्याकिङ गरेको जनाएको छ।

महाशाखाको वेबसाइट आइतबारसम्म सुचारु रहेको भए पनि सोमबार बिहान यसको नियन्त्रण ह्याकरको हातमा पुगेको सूचना अधिकारी दिनकर कायस्थले बताए। उनका अनुसार वेबसाइट पूरानो प्रविधिमा आधारित भएकाले सुरक्षा प्रणाली कमजोर भएको र त्यसकै फाइदा उठाएर ह्याक गरिएको हो। “नयाँ वेबसाइट निर्माण भइरहेको हुँदा धेरै महत्त्वपूर्ण डेटाबेस यसमा थिएनन्,” कायस्थले थपे।

वेबसाइटमा हाल पानीमा झोक्राइरहेको ब्ल्याक एन्ड ह्वाइट GIF देखिन्छ। त्यहाँ ह्याकर समूहले सीप्यान, एसएमपीटी र डेटाबेसमा पहुँच कायम भएको दाबी गर्दै आफ्ना टेलिग्राम च्यानलमा जोडिनका लागि हानिकारक लिंक राखेको देखिएको छ।

सूचना अधिकारी कायस्थले वेबसाइटको सुरक्षाका लागि विभागको आईटी टिम सक्रिय रहेको र छिटै पुनः सञ्चालनमा ल्याइने विश्वास व्यक्त गरे। साथै, ह्याक भएका वेबसाइटका हानिकारक लिंक क्लिक नगर्न सबैलाई सचेत गराइएको छ। विभागले आफ्नो डेटाबेस सुरक्षित रहेको र यसबाट कुनै ठूलो क्षति नपुगेको बताएको छ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया