Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको आरोपमा अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ। पोखराको सूर्यदर्शन सहकारीका बचतकर्ताको रकम अनियमिततासम्बन्धी मुद्दामा लामिछानेको संलग्नता प्रमाणित भएको भन्दै प्रहरीले प्रतिवेदन पेस गरेको हो। यसमा लामिछानेले सहकारीबाट उठाइएको रकम गोर्खा मिडिया नेटवर्कमा उपयोग गर्दै व्यक्तिगत स्वार्थका लागि जथाभावी खर्च गरेको निष्कर्ष निकालेको छ।

अनुसन्धानका क्रममा लामिछानेले काटेका विभिन्न चेक बरामद भएका छन्। जसलाई प्रहरीले ठगीको प्रमाणका रूपमा व्याख्या गरेको छ। लामिछानेले भने, खाली चेक घर्रामा राखेको अवस्थामा अरूले प्रयोग गरेको हुन सक्ने दाबी गरेका छन्। सूर्यदर्शन सहकारीबाट सुरु भएको अनुसन्धानपछि काठमाडौं, चितवन, वीरगञ्ज र बुटवलका थप सहकारीहरूको अनियमिततासम्म विषय फैलिएको छ। स्वर्णलक्ष्मी सहकारीले लामिछानेको नाममा गाडी खरिदका लागि ठूलो रकम ऋण प्रवाह गरेको कुरालाई पनि प्रमाणको रुपमा राखिएको छ।

यो प्रकरण माओवादी-एमाले-रास्वपाको सत्ता गठबन्धनमा रहेका बेला सार्वजनिक भएको थियो। नेपाली कांग्रेसले यसलाई संसदमा प्रमुख एजेन्डाका रूपमा उठाउँदै संसदीय समिति गठन गर्न दबाब दिएको थियो। समितिले लामिछानेलाई सहकारी ठगीमा दोषी ठहर गरेको थियो। प्रहरीले हालसम्म लामिछाने र सहकारीका अन्य जिम्मेवार व्यक्तिहरूमाथि थप कानुनी प्रक्रिया अघि बढाइरहेको छ।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया