समाचार सुन्नुहोस :
काठमाडौँ – प्रजातन्त्र पुनःस्थापनाका सर्वोच्च कमान्डर गणेशमान सिंहको ११०औँ जन्मजयन्ती आज विविध कार्यक्रमहरूका साथ मनाइँदैछ। यो अवसरमा गणेशमान सिंह फाउन्डेसनले देशभर कार्यक्रमको आयोजना गरेको छ। भक्तपुरको कटुञ्जेमा रहेको गणेशमान सिंह वाटिकामा मानव अधिकारवादी नेता प्रा. कपिल श्रेष्ठलाई विशेष सम्मान गरिनेछ।
यसैगरी, शोभाभगवतीस्थित गणेशमान सिंहको प्रतिमामा माल्यार्पण गर्दै विशेष कार्यक्रम आयोजना हुनेछ। नेपाली कांग्रेस र यसका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूले पनि विभिन्न कार्यक्रमहरू गर्दै गणेशमान सिंहको योगदानलाई सम्झँदै जन्मजयन्ती मनाउने जनाइएको छ। गणेशमान सिंह प्रतिष्ठानले रत्नपार्कस्थित शान्तिवाटिकामा कार्यक्रम गर्ने जनाएको छ।