Deneme Bonusu Veren Siteler
बिहिबार, फाल्गुण ०१, २०८१
Thursday, February 13, 2025

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य ज्वाला संग्रौलाले आफ्नो पार्टी सभापति रवि लामिछाने गृहमन्त्री भएको बेला एक जना बलात्कारीलाई जीवनदान दिएको दाबी गरेकी छन् । उनले शनिबार सामाजिक सञ्जालमार्फत यो विवादास्पद अभिव्यक्ति दिएकी हुन्, जसले राजनीतिक वृत्तमा निकै चर्चा पाएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने - कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

संग्रौलाले सुरुमा लेखेको स्टाटसमा ‘रवि दाइले गृहमन्त्री हुँदा जीवनदान दिएको’ भन्ने वाक्यांश समावेश गरेकी थिइन्, तर केही समयमै उनले त्यो वाक्य हटाएर अर्को भिन्न सन्देश राखिन् । उनको नयाँ स्टाटसमा भनिएको छ, ‘एउटा बलात्कारी आज निक्कै उफ्रिँदै छ रे त साथीहरू। अहिले कुर्सी त्यस्को बाउको, त्यसपछि हाम्रो दाइको। याद गर काजी ।’यो स्टाटसले नेकपा एमालेका नेता महेश बस्नेतप्रति लक्षित गरेको आकलन गरिएको छ । संग्रौलाको यो अभिव्यक्ति महेश बस्नेतसँग जोडिएर विवादमा रहेकी शोभा पाठकप्रति पनि एक प्रकारको सहानुभूति देखाउने प्रयासको रूपमा लिइएको छ ।

उनले बारम्बार पाठकको न्यायका लागि सोसल मिडियामा स्टाटस लेखिरहेकी छिन् । रास्वपाले आफूलाई सुशासनको पार्टी भन्दै आएको छ, तर ज्वाला संग्रौलाको यो बयानले आफ्नो पार्टी सरकारमा रहँदा बलात्कारीलाई जीवनदान दिएको भन्ने कुरा उजागर गरेको देखिन्छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया