Deneme Bonusu Veren Siteler
बिहिबार, फाल्गुण ०१, २०८१
Thursday, February 13, 2025

काठमाडौं – रास्वपा सभापति एवं गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई अदालतले १ करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ । आइतबार जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीले प्रतिवादी वकिल जाहेरवालाका वकिल र सरकारी वकिलको बहसपछि यो आदेश दिएका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने - कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

लामिछानेलाई सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा प्रतिवादी बनाइएको  छ। माघ ६ गते दर्ता भएको यस मुद्दामा लामिछानेसहित २२ जना अभियुक्त छन् । उनीहरूमाथि ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४२ रुपैयाँ ठगी गरेको आरोप लगाइएको छ । लामिछाने, छविलाल जोशी र लक्ष्मीप्रसाद पौडेलमाथि थप १० करोड ९९ लाख बिगोको दाबी गरिएको छ भने लामिछानेको व्यक्तिगततर्फ २ करोड बिगो माग गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयका अनुसार, बुटवलस्थित सुप्रिम सहकारी ठगीका अभियोगमा लामिछानेलाई माघ ६ गते मुद्दा दर्ता गरिएको थियो । बयानका क्रममा विहीबार शुक्रबार र आइतबार सरकारी र प्रतिवादी वकिलहरूले आफ्नो तर्क प्रस्तुत गरेका थिए ।

यसअघि, पोखराको सूर्यदर्शन सहकारी ठगीमा लामिछानेलाई कात्तिक २ मा पक्राउ गरी पुस २५ मा ६५ लाख धरौटीमा रिहा गरिएको थियो । काठमाडौंमा स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा माघ २ गते ६० लाख धरौटीमा रिहा भएका लामिछानेमाथि यो तेस्रो मुद्दा हो ।

अब लामिछानेले १ करोड धरौटी बुझाएपछि रिहा हुनेछन् । अदालतका श्रेस्तेदार यज्ञमूर्ती ज्ञवालीले धरौटी मागको आदेश पुष्टि गर्दै लामिछानेविरुद्ध मुद्दा अझै अगाडि बढ्ने बताएका छन् ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया