Deneme Bonusu Veren Siteler
आइतबार, फाल्गुण ०४, २०८१
Sunday, February 16, 2025

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वी पहाडी जिल्ला तेह्रथुम भ्रमणमा जाँदैछन् । पछिल्ला दिन काठमाडौ उपत्यका बाहिर केन्द्रित अध्यक्ष प्रचण्ड आज तेह्रथुम जाने भएका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने - कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सोमबार र मंगलबार तेह्रथुमका विभिन्न स्थानमा हुने पार्टीको कार्यक्रममा सहभागी हुन प्रचण्ड त्यसतर्फ जान लागेको उनको सचिवालयले जनाएको छ । प्रचण्डसँगै सैनिक हेलिकोप्टरमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन पनि तेह्रथुम जाँदैछन् ।

उनले आज लालीगुराँस नगरपालिका-७ लसुनेस्थित शहीद धनरूपा पार्कको उद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि प्रचण्डले आठराई गाउँपालिका-३ ह्वाकु बगाले शहीद स्मृति पार्क र सोही स्थानमा जनयुद्ध तथा शान्ति संग्रहालय भवनको शिलान्यास गर्ने कार्यक्रम छ । उनीसँगै उपमहासचिव वर्षमान पुन पनि रहने छन् ।

यो स्थानमा २०५८ साल माघ २४ गते आजकै दिन सुरक्षाकर्मीको गोली लागेर १८ माओवादी सेनाका लडाकु र ३ सर्वसाधारणको मृत्यु भएको थियो । प्रचण्ड मंगलबार जिल्लाका कार्यकर्ता, शहीद परिवारलाई भेटघाट गर्नुका साथै कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिएर काठमाडौं फर्किने तय भएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया