Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौं – नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले म्यानपावर कम्पनीमार्फत जापान कामदार पठाउने बाटो खोले वार्षिक २० हजार कामदार पठाउन सकिने बताएका छन् । जापान-नेपाल रोजगार सम्मेलनको पूर्वसन्ध्यामा अध्यक्ष भण्डारीले यस्तो बताएका हुन् ।

उनका अनुसार सरकारले श्रम सम्झौता गरे पनि जापानमा कामदार पठाउने सकेको छैन । उनले जापान कामदार पठाउने जिम्मा म्यानपावर कम्पनीलाई दिनुपर्ने बताए । ‘म्यानपावरले कामदार जापान पठाउन नपाउँदा व्यक्तिगत ठगी, तस्करी र बिचौलिया मौलाएका छन्,’ उनले भने, ‘यस विषयमा सम्बन्धित पक्ष गम्भीर देखिनँ ।’

स्पेसिफाइड स्किल्ड वर्कर (एसएसडब्ल्यू) मार्फत वार्षिक २० हजारभन्दा बढी सीपयुक्त दक्ष कामदार त्यहाँ पठाउने सक्ने क्षमता म्यानपावर कम्पनीसँग रहेको दाबी उनले गरे । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जापान, इजरायललगायत सरकारले जिटुजी सम्झौता गरेर कामदार पठाउने बाटो खोल्न श्रम मन्त्रालयसँग माग गर्दै आएको छ ।

सरकारले श्रम सम्झौताअनुसार जापान कामदार पठाउन नसक्दा भाषा र सीप परीक्षा पास गरेका पाँच हजारभन्दा बढी श्रमिक संस्थागत रूपमा जापान जान पाएका छैनन् । उनीहरू व्यक्तिगत श्रम स्वीकृतिमा जापान गएको श्रम मन्त्रालयको अनुमान छ ।

पछिल्लो समयमा व्यक्तिगत श्रम स्वीकृतिमा रोजगारीका लागि जापान जाने नेपालीको संख्या बढ्दो छ । जापानमा ८० हजारभन्दा बढी नेपाली कामदार कार्यरत रहेको अनुमान वैदेशिक रोजगार विभागको छ ।

टोकियोस्थित नेपाली दूतावास र जापान एसोसिएसन फर द इम्प्लोइमेन्ट अफ फरेन नेसनलको संयुक्त आयोजनामा भोलि (असोज ३ गतें जापान-नेपाल रोजगार सम्मेलन हुँदैछ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया