Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०२, २०८१
Wednesday, September 18, 2024

काठमाडौं – मीनबहादुर भामद्वारा निर्देशित फिल्म ‘शाम्बाला’ ले नेपालबाट आगामी ओस्कार अवार्ड प्रतिनिधित्व गर्ने भएको छ । नेपालबाट ओस्कारका लागि शाम्बाला फिल्मले मात्र आवेदन दिएपछि अब यो फिल्म ओस्कारका लागि सिफारिस हुने निश्चित बनेको हो ।

आवेदन दिने बिहीवार अन्तिम मिति रहेको र शाम्बालाबाहेक अन्य कुनै पनि फिल्मले आवेदन नदिएको ओस्कारको नेपाल छनोट समितिले जनाएको छ । नेपालको छनोट समितिले फिल्मलाई आगामी नोभम्बरसम्म अमेरिका पठाइ सक्नु पर्नेछ । ओस्कार अवार्डको ९७ औं संस्करण आगामी मार्च ३ मा अमेरिकाको लस एञ्जलसमा आयोजना हुँदैछ ।

यसअघि विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा समेत प्रदर्शन भएर प्रशंसा बटुलेको हालै काठमाडौंमा प्रीमियर शो अयाोजना गरिएको थियो, जसमा बलिउड अभिनेता नवाजुद्दीन सिद्धिकी र निर्देशक अनुराग कश्यपको उपस्थिति रहेको थियो ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया