Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

टोकियो – एभरेष्ट इन्टरनेशनल स्कुल जापानको कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुका लागि यहि सेप्टेम्बर ६ तारिख शुक्रबार बिहान एक समारोहका बीच स्वागत कार्यक्रम हुने भएको छ ।

उक्त दिनको बिहान १० बजे विद्यालयको सभाकक्षमा एक समारोहका बीच विद्यार्थीहरुलाई स्वागत गरिने भएको हो । विद्यालयका प्रिन्सिपल बिष्णुप्रसाद भट्टकाअनुसार कक्षा ११ का विद्यार्थीहरुलाई हरेक वर्ष एक समारोहको आयोजना गरी स्वागत गर्ने गरिएको छ ।

उक्त स्वागत समारोहमा उपस्थितिका लागि विद्यालय सञ्चालक समितिका पदाधिकारी, सल्लाहकार तथा अभिभावकहरुमा अनुरोध गरिएको प्रिन्सिपल भट्टले बताए ।

एभरेष्ट इन्टरनेशनल स्कुल जापान, नेपाल बाहिरको एक मात्र सरकारी मान्यता प्राप्त इन्टरनेशनल स्कुल हो । यस स्कुललाई जापान सरकारबाट समेत मान्यता प्राप्त छ । यस विद्यालयबाट १२ कक्षा उत्तीर्ण विद्यार्थीहरु हाल जापान लगायत विदेशका विभिन्न प्रतिष्ठित विश्वविद्यालयहरुमा अध्ययनरत छन् ।***

तपाईको प्रतिक्रिया