Deneme Bonusu Veren Siteler
शनिबार, भाद्र २९, २०८१
Saturday, September 14, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – साफ यू–२० च्याम्पियनसिप फुटबलको उपाधि बंगलादेशले जितेको छ । फाइनल खेलमा घरेलु टोली नेपाललाई ४-१ गोलले पराजित गर्दै बंगलादेशले पहिलो पटक यो प्रतियोगिताको उपाधि जितेको हो।

बंगलादेशका लागि मिराजुल इस्लामले दुई गोल गरेका भने पियस नोभा र हुसेन राहुलले एक-एक गोल गरेका थिए। नेपालका तर्फबाट एकमात्र सान्त्वना गोल समिर तामाङले फर्काए।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न खेलमा नेपालले मध्यान्तरसम्म १-० गोलले पछि परेको थियो, तर दोस्रो हाफमा बंगलादेशले थप तीन गोल गर्दै खेल आफ्नो पक्षमा ल्यायो।

तपाईको प्रतिक्रिया