Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – काठमाडौं महानगरपालिकाको श्रम बैंकमार्फत ९ सय ११ जनाले रोजगारी पाएका छन् । महानगरले ३ सय २९ जनालाई निजी र ५ सय ८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरेको हो ।

तीन वर्षको कार्ययोजना बनाइ कम्तिमा १५ हजार जनालाई तालिम तथा पाँच हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यको मेयर बालेन शाहले उल्लेख गरेका छन् । ‘काठमाडौं महानगरले रोजगारी प्रवर्द्धनका लागि तीन वर्षको कार्ययोजना बनाइ कम्तिमा १५ हजार जनालाई तालिम तथा पाँच हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना (रोजगारी र आयवृद्धि काठमाडौंको समृद्धि) तथा (श्रम बैंक) स्वर्णिम योजना अगाडि बढाएको हो,’ उनले भनेका छन् ।

यसअघि काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको सीप मेलामार्फत दुई हजार ५५५ जना, महानगरको तालिम केन्द्रहरूमार्फत एक हजार ४६७ जना र अनलाइनमार्फत दुई हजार गरि जम्मा ६ हजार २२ जनाले तालिम सम्पन्न गरेको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया