सोमबार, आषाढ २४, २०८१
Monday, July 8, 2024

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय कार्य समितिको बैठकले विभिन्न १२ वटा निर्णय गरेको छ ।

क्यानको बिहीबार बसेको बैठकले सन्दीप लामिछानेलाई ए ग्रेडमा राख्नेदेखि म्याच फिक्सिङ प्रकरणमा निलम्बित राष्ट्रिय खेलाडी आदिल अन्सारीको निलम्बन फुकुवा प्रक्रिया एक साताभित्र टुंग्याउन अनुशासन समितिलाई जिम्मा दिनेसम्मका निर्णय छन् ।

सन्दीप बलात्कार मुद्दामा निलम्बन रहेको अवस्थामा उनी क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा थिएनन् । ए’ग्रेडमा परेका खेलाडीलाई क्यानले मासिक १ लाख रुपैयाँ तलब दिँदै आएको छ ।

तपाईको प्रतिक्रिया