सोमबार, आषाढ २४, २०८१
Monday, July 8, 2024

टोकियो – नेपाल यूथ फुटबल संघ (एनवाईएफसी ८८४८ जापान)ले नेपाली महिला फुटबल टोलीलाई आर्थिक सहयोग गरेको छ । एनवाईएफसीले ‘गोल्डेन विक विथ डोना थापा एण्ड ओडा स्टीन’ कार्यक्रमको आयोजना गरी महिला फुटबल टोलीलाई सहयोग गरेको हो ।

बुधबार सांगीतिक प्रस्तुतिसहित सम्पन्न भएको कार्यक्रमबाट संकलित २ लाख ३० हजार डोना थापा र ओडा स्टीनले फुटबल टोलीलाई हस्तान्तरण गरेको एनवाईएफसी ८८४८ जापानले जनाएको छ । संस्थाले कार्यक्रममा जोडिने सम्पूर्ण सहयोगीहरूप्रति कृतज्ञता व्यक्त गरेको छ ।‘देशको शान अनि मान बढाउन सदैव मैदानमा जोस र जाँगरसहित प्रस्तुत हुने चेलीहरूलाई सलाम,’ एनवाईएफसी ८८४८ जापानले भन्यो, ‘हामीहरूको सानो प्रयासले हजुरहरूलाई थप शक्ति र ऊर्जा मिल्ने छ भन्ने विश्वास लिएका छौं ।’

तपाईको प्रतिक्रिया