शुक्रबार, आषाढ २१, २०८१
Friday, July 5, 2024

काठमाडौं – युरोकपको क्वाटरफाइनल समीकरण पूरा भएको छ । गएराति अन्तिम १६ को दुई खेलसँगै क्वाटरफाइनल समीकरण पूरा भएको हो ।

गएराति रामानियालाई ३-० गोलले पराजित गर्दै नेदरल्याण्ड्स र अष्ट्रियालाई २-१ गोलले पराजित गर्दै टर्किए क्वाटरफाइनलमा पुगे ।

यसअघि इटालीलाई हराउँदै स्वीट्जरल्याण्ड, डेनमार्कलाई हराउँदै जर्मनी, स्लोभाकियालाई हराउँदै इंग्ल्याण्ड, जर्जियालाई हराउँदै स्पेन, बेल्जियमलाई हराउँदै फ्रान्स र स्लोभानियालाई हराउँदै पोर्चुगल क्वाटरफाइनलमा पुगेको थियो ।

क्वाटरफाइनलको खेल शुक्रबारदेखि हुनेछ ।

तपाईको प्रतिक्रिया