बुधबार, आषाढ १९, २०८१
Wednesday, July 3, 2024

काठमाडौं – इक्वेडर कोपा अमेरिकाको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहान सम्पन्न समूह ‘बी’ को अन्तिम खेलमा मेक्सिकोसँग गोलरहित बराबरी खेलेपछि इक्वेडर क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

ऊ समूह ‘बी’ मा उपविजेता बन्यो । समान अंक भए पनि मेक्सिको गोलअन्तरले पछि पर्दा समूह चरणबाटै बाहिरियो ।

इक्वेडरले अब सेमिफाइनल प्रवेश गर्न साबिक विजेता अर्जेन्टिनाको सामना गर्नेछ । यस्तै, समूह ‘बी’ को विजेताले क्वाटरफाइनलमा क्यानडासँग खेल्नेछ ।

अर्को खेलमा खेलमा जमैकालाई ३-० ले हराउँदै भेनेजुएला कोपाको क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह ‘बी’ को विजेतारूपमा अन्तिम आठमा पुगेको भेनेजुएलाले ग्रुप स्टेजमा शतप्रतिशत जित निकाल्यो । उसको तेस्रो जितमा एडवार्ड बेलो, सालोमन रोन्डन र एरिक रामिरेजले समान एक गोल गरे ।

भेनेजुएलाले तीनवटै गोल दोस्रो हाफमा गरेको हो । यसअघि उसले इक्वेडरलाई २-१ र मेक्सिकोलाई १-० गोलअन्तरले हराएको थियो । भेनेजुएलाले अब क्वाटरफाइनलमा क्यानडाको सामना गर्नेछ । क्यानडा समूह ‘ए’ उपविजेताको हैसियतमा क्वाटरफाइनलमा पुगेको छ ।

तपाईको प्रतिक्रिया