मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024

काठमाडौं – साविक विजेता इटाली युरो कप २०२४ को प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ । बर्लिनमा भएको खेलमा स्विट्जरल्यान्ड विरुद्ध २-० ले पराजित भएसँगै इटाली अन्तिम १६ बाटै घर फर्किने भएको हो ।

स्विट्जरल्यान्डका लागि रेमो फ्रिउलार र रुबेन भार्गासले एक एक गोल गरे । ३७औं मिनेटमा भार्गासकै पास नियन्त्रणमा लिँदै फ्रिउलारले स्विट्जरल्यान्डलाई खेलमा अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमा नै भार्गासले गोल गर्दै स्विट्जरल्यान्डको अग्रता दोब्बर बनाए । मिचेल एबिसरको पासमा बक्स भित्रबाट उत्कृष्ट फिनिस गर्दै भार्गासले अग्रता दोब्बर बनाएका थिए ।

जितपछि स्विट्जरल्यान्डले क्वाटरफाइनलमा इङ्ल्यान्ड र स्लोभाकिया बीचको खेलको विजेता विरुद्ध खेल्नेछ ।अर्को खेलमा डेनमार्कलाई २-० गोल अन्तरले पराजित गर्दै जर्मनी प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । जर्मनीको जितमा काइ हाभेर्ट र जमाल मुसियालाले एक एक गोल गरेका थिए । यो जितपछि क्वाटरफाइनलमा अब जर्मनीले स्पेन र जर्जियाबीचको विजेतासँग खेल्ने छ ।

यो हारसँगै डेनमार्कको युरोकप यात्रा भने समाप्त भएको छ । जर्मनीले स्पेन र जर्जियाको विजेतासँग खेल्दा अर्को खेलको विजेताले स्विटजरल्यान्डको सामना गर्नेछ ।

तपाईको प्रतिक्रिया