सोमबार, आषाढ १७, २०८१
Monday, July 1, 2024

काठमाडौं – नेपाली महिला फुटबल टिमले लेबनानमा हुने भनिएको चार देशीय फुटबल प्रतियोगितामा अन्तिम समयमा सहभागिता नजनाउने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले लेबनानमा विकसित भएको पछिल्लो घटनाक्रम र राष्ट्रिय टोलीका खेलाडी तथा अन्य सदस्यहरूको सुरक्षालाई मध्यनजर गर्दै सेडार्स वुमन्स इन्टरनेशनल टुर्नामेन्टमा भाग नलिने निर्णय लिएको जनाएको छ ।

जुलाई ८ देखि १६, २०२४ सम्म बेरुतमा हुने भनिएको सो प्रतियोगिताका लागि एन्फाले २२ सदस्यीय महिला टिमको घोषणा समेत गरिसकेको थियो ।

तपाईको प्रतिक्रिया