सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – २०७२ वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्र बनाएर गएको भूकम्पबाट ३१ जिल्लामा आठ हजार ७९० जनाको ज्यान गयो। तीमध्ये ७२ जना तत्कालीन बारपाक गाविसका थिए। त्यस वेलाको बारपाक गाविस अहिले बारपाक सुलिकोट गाउँपालिकाका १ र २ वडा भएका छन्। भूकम्पको कारण बारपाकमा प्रायः सबै निजी घरका साथै विद्यालय र अन्य सरकारी भवनमा क्षति पुगेको थियो। भूकम्पले ठाउँ ठाउँमा पहिरो गयो र थप पहिरोको जोखिम बढायो। पानीका मुहान सुके वा कम भए।

आज सोही भूकम्प गएको ९ वर्ष पूरा भएको छ । यस अवधिमा भूकम्पले क्षति गरेका घर, भवनहरूको पुनर्निर्माण सम्पन्न भइसकेको छ। पुनर्निर्माण तथा बस्ती र बजार विस्तारले बारपाकको स्वरूप बदलिएको छ। सडकको पहुँच पुगेको छ। बारपाक घुम्न आउने पर्यटकको संख्या बढेको छ। भूकम्पले गोरखा, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, र उपत्यकाका तीन वटै जिल्लामा नराम्रोसँग क्षति पुगेको थियो । अहिले दैनिकी सामान्य बन्दै गएको छ।

तपाईको प्रतिक्रिया