Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतसँग १० विकेटको फराकिलो हार व्यहोरेसँगै नेपाली युवा टोली एसीसी यू–१९ एसिया कपको समुह चरणबाटै बाहिरिएको छ। उपाधि दाबेदारको रुपमा हेरिएको नेपालले लगातार तेस्रो हार व्यहोर्दै एसिया कप यात्रा पनि सकाएको छ। उमेर समुहमा नेपालले भारतलाई सन् २०१७ पछि हराउन सकेको छैन। नेपालले अब जनवरी–फेब्रुअरीमा यू–१९ विश्वकप खेल्नेछ। नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र अफगानिस्तानसँग ७३ रनको फराकिलो अन्तरले पराजित भएको थियो।नेपालले दिएको ५३ रनको झिनो लक्ष्य भारतले ७.१ ओभरमा विना विकेटको क्षतिमा भेट्टायो। भारतका लागि ओपनर आदर्श सिंह १३ र आर्सिन अतुल कुलकर्नी ४३ रनमा नटआउट रहे। १३ बलको सामना गरेका आदर्शले २ चौका प्रहार गरे। आर्शिनले ३० बलमा १ चौका र ५ छक्का प्रहार गरे।

त्यसअघि दुबईको आइसीसी एकेडेमी ओभल–२ मा भारतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल २२.१ ओभरमा ५२ रनमा अलआउट भयो। भारतविरुद्ध लज्जास्पद ब्याटिङ गरेको नेपालका कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। हेमन्त धामीले बनाएको ८ रन नै नेपालका लागि सर्वाधिक रह्यो। आकाश चन्द ४ रनमा नटआउट रहे।ओपनर अर्जुन कुमाल र दिपक बोहोराले बनाएको ७ रन थपे। गुल्सन झा र दिपेश कडेलले समान ४ रन थपे। कप्तान देव खनाल र सुवास भण्डारी समान २ रनमा क्याच आउट भए। नेपाली ब्याटर भारतिय बलरसामु लामो समय क्रिजमा टिक्न सकेनन्। ओपनर दिपक बोहोरा १ रनमा क्याच आउट भए। उत्तम थापा मगर शुन्य रनमा आउट भए। दिपक डुम्रे गोल्डेन डगआउट भए।

नेपालले यू–१९ क्रिकेट इतिहासमा गरेको यो अहिलेसम्मकै खराब प्रर्दशन हो। यसअघि सन् २००८ मा नेपाल वेष्ट इण्डिविरुद्ध ७४ रनमा अलआउट भएको थियो।भारतका राज लुम्बानी एक्लैले ७ विकेट लिए। घातक बलिङ गरेका राजले ९.१ ओभरमा ३ मेडन राख्दै मात्र १३ रन दिए। आराध्या शुक्लाले दुई विकेट लिए। अर्सिन कुलकर्नीको नाममा एक विकेट रह्यो। नेपाल लगातार दोस्रोपटक एसियाकपमा जितविहीन हुँदै बाहिरिएको हो। यसअघि सन् २०२१ मा पनि नेपाल जितविहीन बनेको थियो।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया