Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

काठमाडौं – अभिनेत्री मनिषा कोइराला नेपाली चलचित्रमा नदेखिएको लामो समय भइसकेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपाली चलचित्र ‘ धर्मा’ मा अभिनय गरेकी कोइराला भारतीय चलचित्र र शृङ्खलामै व्यस्त छिन् । उनले हालै सम्पन्न एक छलफलमा नेपाली चलचित्रको विषयवस्तुले आकर्षण गरेमा अभिनय गर्ने बताएकी छन् ।

‘नेपाली चलचित्रमा काम गर्ने इच्छा नभएको होइन । तर समय र परिस्थिति मिलेको छैन । राम्रो कथाले मलाई पक्कै आकर्षित गर्छ’, अभिनेत्री कोइरालाले भनिन् । उनले चलचित्रको कथा माटो सुहाउँदो हुनुपर्नेमा जोड दिइन्।

पछिल्लो समय नेपाली चलचित्र र शृङ्खला जोडिन चाहिरहेको ओभर दी टप (ओटिटी) मा स्थानीय कथा नै खोजिने बताइन् । ‘मैले ओटिटीमासमेत काम गरेकी छु । त्यो माध्यमले विश्वभरका दर्शकलाई सुविधा दिन्छ । ओटिटीका सञ्चालक जुन देशको कथा हो, त्यहाँको माटोसँग जोडिनुपर्छ भन्छन्’, अभिनेत्री कोइरालाले भनिन्, ‘अन्तर्राष्ट्रियस्तरमा यदि नेपालको कथा भनेको हो भने यहाँको संस्कृति कस्तो छ, जीवन कस्तो छ भनेर हेर्न चाहन्छन् दर्शक । त्यसैले देशको माटो सुहाउँदो चलचित्र बनाउन जरुरी छ ।।’

उनले आफूले अभिनयको सुरुआत गरेको समय नब्बेको दशकमा अवास्तविक प्रस्तुति रुचाइने भए पनि अहिले वास्तविकता चित्रण गर्ने अभ्यास बढेको र दर्शकले रुचाइरहेको बताइन् ।

उनले भनिन्, ‘प्रस्तुतीकरण जति वास्तविक भयो, दर्शकले त्यति मन पराउँछन् । अभिनय जति धेरै वास्तविक हुनसक्यो त्यति राम्रो मानिन थालेका छन् । अहिले अभिनय गर्दा आँखामा आँशु जरुरी छैन, आँखामा पीडा देखिनुप-यो ।’

कथा शैलीमा आएको बदलावलाई ओटिटीले बढावा दिएको कोइरालाको बुझाइ थियो । ‘विशेषत कलात्मक चलचित्रले व्यावसायिकरुपमा चलचित्र भवनमा बलियो उपस्थिति जनाउन नसक्दा ओटिटीले प्रोत्साहन गर्नुका साथै लगानी सुरक्षित गरिदिएको छ’, उनले भनिन्, ‘यसको फलस्वरुप आफूलाई स्थापित गर्नेलाई हौसला मिलेको छ ।

तपाईको प्रतिक्रिया