काठमाडौं – भारतीय चलचित्र ‘आदीपुरुष’ को प्रदर्शन रोकिने भएको छ । उक्त चलचित्रका लागि नेपालको वितरक कम्पनी ब्यांकटेस फिल्सले सोमबारदेखि नेपालभर उक्त चलचित्रको प्रदर्शन रोक्ने निर्णय गरेको हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
‘निर्णयपछि सबैतिर फिल्मको प्रदर्शन रोकिएको छ,’ वितरक कम्पनीका निर्देशक मनोज राठीले भने ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको निर्देशनपछि हल व्यवसायीले सोमबारदेखि काठमाडौँका हलहरुमा उक्त चलचित्रको प्रदर्शन रोकेका छन् ।
जानकी भारतकी छोरी भएको भन्ने संवादमा आपत्ति जनाउँदै मेयर बालेन शाहले उक्त संवाद सच्याउन निर्माण पक्षलाई ३ दिनको समय दिए पनि निर्माण पक्षले भारतमा प्रदर्शन भएको उक्त फिल्मको संबाद सच्याएको थिएन । त्यसपछि उनले कुनै पनि भारतीय चलचित्र काठमाडौँ महानगरमा नचलाउने निर्णय लिएका हुन् ।
प्रकाशित मिति: सोमबार, आषाढ ०४, २०८०
प्रकाशित समय: १७:४६:४०