Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

काठमाडौं – बलिउड अभिनेत्री अमिषा पटेलले राँची अदालतमा आत्मसमपर्ण गरेकी छिन् । शनिबार अमिषा पटेल ठगी मुद्दामा उपस्थित हुन राँची सिभिल कोर्ट पुगिन्, त्यसपछि अभिनेत्रीले आत्मसमर्पण गरिन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

चलचित्र अभिनेत्री अमिषा पटेल र उनका व्यापारिक साझेदार कुणाल गुमार विरुद्ध ठगी मुद्दा दर्ता भएको थियाे । उनीमाथि पैसा लिएर म्युजिक एल्बमनबनाएको आरोप छ । यसबाहेक उनीमाथि ठगी र धम्की दिएको पनि आरोप छ ।यस मामिलामा राँची सिभिल कोर्टले अभिनेत्रीलाई अदालतमा उपस्थित हुन भनेको थियो तर उनी अदालतमा उपस्थित हुन इन्कार गर्दै आएकी थिइन् ।

जसकाकारण अदालतले उनीविरुद्ध वारेन्ट जारी गर्नु परेकाे थियो । अदालतमा हाजिर भएपछि अमिषा पटेललाई २१ जुनसम्म सशर्त जमानत दिइएको छ । यस विषयमा अर्को सुनुवाई जुन २१ मा हुनेछ । अदालतले सो समयमा पनि अमिषा पटेललाई उपस्थित हुन आदेश दिएको छ ।अर्गोरा निवासी अजय कुमार सिंहले नोभेम्बर १७, २०१८ मा सीजेएम अदालतमा सो मुद्धा हालेका थिए ।

अमिषा पटेलले संगीत बनाउने नाममा अजयकुमार सिंहसँग २.५ करोड भारतीय रुपैयाँ लिएको आरोप छ । तर त्यसपछि उनले संगीत निर्माणतर्फ कुनै कदम चालिनन् । यससँगै अमिषा पटेलले फिल्म ‘देस म्याजिक’ बनाउने नाममा अजय सिंहसँग २.५ करोड रुपैयाँ ठगी गरेको आरोप छ ।

सम्झौता अनुसार सन् २०१८ को जुनमा फिल्म रिलिज नभएपछि अजयले पैसा मागेका थिए ।अमिषाको तर्फबाट ढिलाइ गरेपछि अक्टोबर २०१८ मा अजय सिंहलाई २.५ करोड र थप ५० लाख रुपैयाँको गरी दुईवटा चेक दिएका थिए, जुन बाउन्स भएको थियो । त्यसपछि अजय सिंहले अभिनेत्री माथि मुद्दा हालेका हुन् ।

तपाईको प्रतिक्रिया