शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – चार दिने भारत भ्रमणमा निस्केका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भ्रमणको तेस्रो दिन भारतको मध्य प्रदेश उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पुगेर पूजाआजा गरेका छन् । भ्रमण टोलीसहित पुगेका मन्दिर पुगेका प्रधानमन्त्री प्रचण्डले मन्दिरमा १ सय ८ किलोग्राम रुद्राक्ष चढाएर पुजाआजा गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डको टोलीलाई त्यहाँका मुख्यमन्त्री शिवराज चौहानले स्वागत गरेका थिए । पुजाआजासँगै विभिन्न कार्यक्रममा सरिक भएपश्चात शुक्रबार प्रधानमन्त्री प्रचण्ड होटेल मेरियटमा बस्नेछन् ।प्रधानमन्त्री प्रचण्डले त्यहाँ विभिन्न व्यक्तित्वहरुसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । रात्रीभोजको आयोजना मुख्यमन्त्री चौहानले गरेका छन् । प्रधानमन्त्री प्रचण्ड शनिबार दिल्ली हुँदै काठमाडौं फर्कने छन् ।

 

तपाईको प्रतिक्रिया