शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौँ – नेपाली पात्रो अनुसार बिहिबार हप्ताको पाँचौं दिन हो । यसलाई गुरूबार वा बृहस्पतिवार पनि भनिन्छ । ज्योतिषशास्त्र अनुसार यसलाई बृहस्पति ग्रहको नामले नामाकरण गरिएको हो ।हिन्दू धर्मावलम्बीहरू विहिबारमा भगवान विष्णुको पूजा गर्दछन्। पुजाको सामग्रीमा दूध र घ्यू समावेश गर्नुपर्दछ। व्रत बस्नेहरूले एकछाक दूग्ध पदार्थ खानुपर्दछ। अधिकांश व्रतालुहरूले यस दिन श्रीमद्भागवत पुराण पनि पाठ गर्दछन् । हिन्दू धर्मका आराध्यदेव भगवान विष्णु जसको बर्णन हिन्दू धर्म ग्रन्थहरूमा पाइन्छ ।

जसलाई यो संसारको पालनकर्ता मानिन्छ ।यो पनि पढ्नुहोस् स्बुधवार श्रीकृष्णको पुजा अर्चना गरे मिल्नेछ यस्तो सफलता ११स्हिन्दु धर्ममा हरेक दिन विभिन्न देवी देवताहरुको पूजा गर्ने गरिन्छ । सबै दिनको उत्तिकै महत्व छ । विशेष व्रत र उपवास बाहेक अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको हरेक दिन बारअनुसार कुनै न कुनै देवी–देवताको पूजा गरि व्रत बस्ने गर्दछन्।

बुधवार भगवान श्रीकृणको विशेष दिन हो । ‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल–देव ९कृष्णको अवतार० को पूजा गरिन्छ।पूजा गर्दा तुलसीको पात प्रयोग गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ।

साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ। यस दिन गरिने केही कर्मले जीवनभर राम्रो फल मिल्ने धार्मिक विश्वास रहेको छ ।

 

तपाईको प्रतिक्रिया