शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) जापानले दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्युप्रति दुःख व्यक्त गरेको छ । एनआरएनएले एक शोक वक्तव्य जारी गर्दै मंगलबार भएको दुर्घटनामा पनि ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरेको हो ।

मंगलबार मियागी प्रान्तमा राति काममा जाने क्रममा ४० जना नेपाली विद्यार्थी सवार बसमा खराबी आएपछि चेकजाँचका क्रममा ट्रकले ठक्कर दिँदा काभ्रेका २२ वर्षीय नवराज तामाङ र ओखलढुङ्गाका २७ वर्षीय युवराज थापाको मृत्यु भएको थियो ।

यो पनि : जापानमा ४० जना नेपाली सवार बस दुर्घटना, तीन जनाको मृत्यु

दुर्घटनामा घाइतेहरूको अवस्था सामान्य रहेको पनि विज्ञप्तिमा जनाइएको छ । एनआरएनए क्षेत्रीय समिति तोहोकुसँगको समन्वयमा मृतक व्यक्तिको परिवारलाई जानकारीसहित आवश्यक काममा समन्वयको काम गरिरहेको छ,’ शोक वक्तव्यमा अगाडि भनिएको छ, ‘दुर्घटनामा परि अन्य दुई जना नेपाली विद्यार्थी घाइते भएको भएपनि उहाँहरू सामान्य मात्र घाइते भएको र अवस्था सामान्य रहेकाले उपचारपछि आफ्नो निवास फर्किनुभएको छ ।’

तपाईको प्रतिक्रिया