शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू भएको छ । नेपालमा प्रयोग हुने मोबाइल सेटहरूलाई व्यवस्थित गर्न यो प्रणाली लागू गरिएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले आइतबार एक सूचना प्रकाशित गर्दै प्राधिकरणले व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेट यो प्रणालीमा स्वतः दर्ता हुनेछ । ‘निजी प्रयोगका मालवस्तुसम्बन्धी आदेश, २०७७’ बमोजिम व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरू सम्बन्धित व्यक्ति स्वयंले दर्ता गर्न सक्नेछन् ।

नागरिकता वा राहदानी प्रणालीमा प्रविष्ट गरी दर्ता गर्न सकिने प्राधिकरणले जनाएको छ । नेपालभित्र खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस (mdms.nta.gov.np)मा दर्ता भएरनभएको यकिन गरी मात्र किन्न आग्रह गरिएको छ ।

आयातकर्तारबिक्रेताले मोबाइल आयात गर्नुअघि अनिवार्य रूपमा प्राधिकरणको पूर्वस्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र बिक्री गर्न आग्रह गरिएको छ । मोबाइल सेटको गैरकानुनी आयात, बिक्री–वितरण र प्रयोगलाई निरूत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङरब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न यो प्रणाली लागु गरिएको प्राधिकरणले जनाएको छ ।

तपाईको प्रतिक्रिया