Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौँ – गण्डकी प्रदेशका सदस्य एवं पूर्वमन्त्री राजीव गुरुङ ‘मनाङे’ आफ्नै फिल्मबाट अभिनयमा डेब्यु गर्ने भएका छन् । अभिनेता सविन श्रेष्ठसँग मिलेर बनाउन लागेको ‘बाघ चाल’मा उनी मुख्य भूमिकामा देखिनेछन् । दसैंअघि छायांकन सक्ने फिल्म निर्माण युनिटको लक्ष्य छ ।सम्राट बस्नेत निर्देशक रहेको फिल्मको कथा, पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् । फिल्मको ९० प्रतिशत छायांकन नेपालमा र एक गीतसहितको बाँकी छायांकन अस्ट्रेलियामा हुने अभिनेता श्रेष्ठले बताए ।

एक्सन र लभस्टोरी आधारित यो फिल्ममा ३ नायक र २ नायिका हुनेछन् । मनाङेले पहिलोपटक फिल्म ‘वन वे’ निर्माण गरेका थिए । पछि उनले ‘पोइ प-यो काले’ र ‘२ नम्बरी’ मा पनि लगानी गरेका थिए । आफूले अभिनयमा डेब्यु गर्न लागे पनि छोरा सिद्धार्थलाई फिल्म ‘वन वे’मा उतारिसकेका थिए ।

गत ४ मंसिरको प्रदेशसभा चुनावमा मनाङबाट स्वतन्त्र सांसदमा निर्विरोध भएका मनाङले अहिले नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । २०७४ सालको प्रदेशसभा चुनाव जितेर उनले गण्डकी प्रदेश सरकारको राजनीतिक खिचातानीबीच तीनपल्ट मन्त्री बन्ने सौभाग्य पाएका थिए । यसपालि भने कांग्रेस नेतृत्वको प्रदेश सरकारमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई मन्त्री बनाउन चाहेका छैनन् ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया