आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौं – गण्डकी प्रदेश सरकारले कर्मचारीलाई १ महिनाको बोनस तलब दिएर घुम्न पठाउँछ । सरकार मातहत विभिन्न निकायमा कार्यरत कर्मचारीलाई बिदा पर्यटनको माध्यमबाट अभिप्रेरित गर्ने र जिम्मेवारी प्रति उत्साह बढाउन बिदा पर्यटन कार्यक्रम ल्याएको हो ।

प्राकृतिक, सामाजिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पर्यटकीय स्थलको उजागर गर्न कार्यविधि बनाएर उनीहरूलाई घुम्न पठाउने व्यवस्था छ । परिवारसहित १५ दिन घुमेपछि १ महिनाको तलब बराबरको रकम कर्मचारीले पाउँछन् ।

यसका लागि प्रतिवेदन भने बुझाउनु पर्छ । १५ दिनको बिदा स्वीकृत गरेर १ महिनाको तलब कसरी दिइयो भन्ने प्रश्न महालेखा परीक्षकको कार्यालयले उठाएको छ । एकैवर्ष १ सय ३९ मन्त्रालयका र मातहतका कार्यालयमा कार्यरत ३ सय ७८ गरी ५ सय १७ कर्मचारीले बिदा पर्यटन प्रयोग गरेका छन् ।

उनीहरूलाई सरकारले २ करोड ४० लाख खर्च गरेको छ । यो बजेट खर्चपछि कर्मचारीमा कामप्रतिको जिम्मेवारी र सक्रियताबारे मुल्यांकन नभएको मलेपको प्रतिवेदन छ । कर्मचारीमा खासै परिवर्तन नआएको भन्दै कार्यविधि परिवर्तन गर्न सुझाव दिइएको छ ।

तपाईको प्रतिक्रिया