Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौं – मदानी मुभि एन्ड इन्टरटेन्मेन्ट प्रा.लिको ब्यानरमा निर्मित नेपाली सामाजिक फिल्म ‘निरमाया’ को अन्तर्राष्ट्रिय प्रदर्शन जापानबाट हुने भएको छ । निर्माता अनन्त तिमल्सिनाले फिल्मको विदेश प्रदर्शन जापानबाट गर्न लागिएको जानका दिए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

एनोदर चान्स नेपाल, एनआरएनए जापान र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरले फिल्म जापानमा प्रदर्शन गर्न लागेको हो । अप्रिल २९ तारिकमा फिल्म टोकियोको शिनओकुबो स्थित सोलमारी मुराहलमा प्रदर्शन हुनेछ ।

जातीय छुवाछुतविरुद्धको सन्देश दिने फिल्ममा रमेश बुढाथोकीको मुख्य भूमिका रहेकोछ । रमेश कोइरालाले निर्देशन गरेको फिल्म अनन्तसँग महेश तिमल्सिना, रोजा तिमल्सिना र रमेश दाहालले निर्माणमा सहकार्य गरेका छन् ।

फिल्ममा रमेश बुढाथोकीको अलवा लय संग्रौला, जेएन घिमिरे, जेबी डीसी, अजित लामिछाने, प्रतिशा रिजाल, समृद्धि पौडेल, रमेश अधिकारी, गोपाल ढकाल, रामबाबु रेग्मी लगायतको अभिनय छ ।

तपाईको प्रतिक्रिया