Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौं – समीक्षा अधिकारीले आइतबार बिहान फेसबुकमा एउटा स्टाटस लेख्दै आफ्नो जीवनको कथालाई फिल्मको कथासँग तुलना गर्दै दुखेसो पोखेकी छिन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

गायिका अधिकारीले कनै पनि घटना तथा कथावस्तुको वास्तविकता अर्कै हुन्छ, तर देखाउँदा त्यसलाई फरक ढङ्गले देखाइने यथार्थ चित्रण गर्दै लेखेकी छिन्- ‘अनि हेर्नेले, बुझ्नेले पनि त्यसरी नै हेर्छन् र बुझ्छन् । अनि कसैलाई गालीको बर्सात हुन्छ, त कसैलाई तालीको ।’

गायिका अधिकारीले चलचित्रको कथा जस्तै आफ्नो जिन्दगीको कथा पनि त्यस्तै भएको उल्लेख गर्दै लेखेकी छिन्- ‘अगाडि बढ्न खोज्छु, मेरा पाइला पछाडि तानिन्छन् । मनभित्रको वह सुनाउन खोज्छु, हाँसो र मजाकको पात्र बन्छु । आफ्ना नजरहरूलाई कहीँ कतै भुलाउन खोज्छु, तर जताततै अँध्यारो देख्छु ।’

‘ए मेरो पनि भावना छ तपाईँको जस्तै, उनले भनेकी छिन्- ‘मेरो पनि मन छ तपाईँको जस्तै, आँसु झर्दा दुख्छ, पोल्छ । लाग्छ अब त मेरा हरेक कुरा अर्थहीन हुन जस्तो । म गलत छैन, म कुनै चरित्रहिन् छोरी होइन । मेरो पनि परिवार छ तपाईँको जस्तै । पर्दामा देखिएका हरेक कुरा सही हुँदैनन् । सत्यता त मन मै अड्किएर बसेको हुन्छ ।’

रोएको ईमोजीसहितको गायिका अधिकारीको यो स्टाटसमा धेरैले प्रतिक्रिया जनाएका छन् । लोकप्रिय अभिनेता तथा निर्माता दीपकराज गिरीले भने उनलाई सुझाव दिएका छन् । गिरीले लेखेका छन्- ‘कतिलाई स्पष्टीकरण दिन्छ्यौ ? कति स्पष्टीकरण दिन्छ्यौ ? जसले बुझेका छन्, उनीहरूलाई बुझाउनै पर्दैन, जसले बुझ्न चाहेका छैनन्, प्राण गए पनि बुझ्ने छैनन् ।’

‘तिमिले लडेर पनि फेरी उठ्ने जुन साहस गरेकी छ्यौ, त्यो अत्यन्तै सकारात्मक छ, गिरीले भनेका छन्- ‘म तिम्रो त्यो साहसलाई नमन गर्छु । ईश्वरको नाम लिउ, अगाडि बढ, अरूले के भन्छन् त्यो नसोच ! आफ्नो लागि बाँच्ने हो, अरूको लागि होइन । कुछ तो लोग कहेँगे, लोगो का काम है केहेना । सबै भुलेर अगाडि बढ ।’

तपाईको प्रतिक्रिया