Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

समाचार सुन्नुहोस् :

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौं – गत शुक्रबार अर्थात् बैशाख १ गतेबाट प्रदर्शनरत आएको सिनेमा ‘जारी’ पाइरेसीको मारमा परेको छ । सामाजिक सञ्जालबाट सिनेमा पाइरेसी भइरहेको भन्दै निर्माताले प्रहरी उजुरी दिएका हुन् । सिनेमाले दुई दिनमा आक्रामक व्यापार गर्दै ४ करोड २० लाख बढी कलेक्सन गरिसकेको छ । आज पनि हलमा दर्शकको चाप उस्तै छ ।

आइतबार पाइरेसीमा संलग्न फेसबुक, टिकटक, युट्युब र इन्स्टाग्रामका ३२ वटा एकाउन्टविरुद्ध निर्माता मणिराम पोखरेलले प्रहरी साइबर ब्युरोमा उजुरी दिएका हुन् । हलमा खिचेर ती एकाउन्टबाट सिनेमाका दृश्य हाल्दा निर्मातालाई आर्थिक नोक्सान भएकाले पाइरेसीमा संलग्नको अनुसन्धान गरी क्षतिपूर्ति दिलाइदिन समेत निर्माता पोखरेलले माग गरेका छन् ।

उपेन्द्र सुब्बा निर्देशित जारीका दृश्यहरु अहिले सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती हालिएको छ । दयाहाङ राई, मिरुना मगर र विजय बरालको मुख्य भूमिका रहेको सिनेमाले अहिले बक्सअफिसमा आक्रामक कमाइ गरिरहेको छ । सिनेमाका लामा- लामा दृश्य पनि टिकटकमा हालिएको छ ।

तपाईको प्रतिक्रिया