शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौँ – एउटा विज्ञापनमा गरेको अभिनयलाई लिएर आलोचना बढेपछि अभिनेत्री करिश्मा मानन्धरले त्रुटी स्वीकार गरेकी छन् । बिहीबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले दर्शक झुक्याउने मनसाय नरहेको उल्लेख गर्दै आगामी दिनमा आफ्नो कामलाई सच्याउने प्रतिवद्धतासमेत व्यक्त गरेकी छन् ।

करिश्माले निर्माण र अभिनय बेग्लाबेग्लै पाटो भएकाले कलाकारले आफ्नो सीमामा रहेर काम गर्नुपर्ने पनि उल्लेख गरेकी छन् । उनले पोस्ट गरेको विज्ञापनमा निर्माण शैलीभन्दा करिश्माको अभिनयलाई लिएर आलोचना भएको थियो ।

धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको अभिनय परिपक्व नभएको भन्दै टिप्पणी गरेका थिए । केही प्रयोगकर्ताले त करिश्मा सिकारु कलाकार भएकोसमेत लेख्न भ्याएका छन् ।

 

तपाईको प्रतिक्रिया