Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

काठमाडौं – २०७६ माघ २० गते पोखरादेखि विराटनगर हवाई उडान सुरु भयो । केही दिन उडान गरेपछि यात्रु अभाव भन्दै उक्त रुटमा उडान रोकिएको छ । २०७८ भदौ २० गते पोखराबाट सिमरा उडान सुरु भयो । तत्कालीन पर्यटन मन्त्री मणिभद्र शर्मा सहितको भीआइपी टोली उडान उद्घाटनको अवसरमा सिमरा घुम्न गए । केही समय फ्लाइट भयो पनि । अहिले त्यहाँ उडान हुँदैन ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

२०७८ फागुन १८ गते पोखरा-धनगढी उडान सुरु भयो । सरकारी प्रतिनिधि सहितको उच्च पदस्थ टोली धनगढी घुम्न गए । केही दिन प्लेन चल्यो, अहिले चल्दैन । २०७८ चैत २२ देखि पोखरा-जनकपुर उडान भयो । पहिलो उडानमा गण्डकीका तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली सहित, अर्थमन्त्री र पर्यटनमन्त्री जनकपुर भ्रमणमा गए ।

उक्त भ्रमणमा साढे ३ लाख हाराहारी खर्च गण्डकी सरकारको कोषबाट भएको छ । २०७६ भदौ २७ गते मनाङको हुम्डेमा उडान भ¥यो । २०३९ सालमा निर्माण भएको विमानस्थलमा २०७० सालसम्म साताको २ दिन उडान हुन्थ्यो । त्यसपछि बन्द उक्त विमानस्थल गण्डकी सरकारले सञ्चालनमा ल्याउने निर्णय गरेर परीक्षण उडान भरेको थियो ।

उक्त उडानमा तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सहित पर्यटनमन्त्री र उच्च पदस्थ व्यक्तिहरू सवार थिए । हालसम्म उक्त उडान भर्दाको खर्च फस्र्यौट समेत नभएको बताइएको छ । गत फागुन २५ गते तामझामका साथ पोखरा–भद्रपुर उडान सुरु भयो । यसको चाँजो पोखरा महानगरले मिलाएको थियो । महानगरका मेयर धनराज आचार्य सहितको टोलीले भद्रपुर घुमेर फर्कियो । त्यसपछि त्यहाँ उडान बन्द भएको छ ।

यसरी तामझामका साथ सरकारी लाखौँ रकम खर्चेर सुरु गरिएका उडानहरू बन्द हुँदा सरकारकै घोषणाले गिज्याइरहेको छ । गण्डकी सरकारले हवाई मार्गबाट देशका ठूला सहरसँग पोखरालाई जोड्ने घोषणा गरेको थियो । हाल भरतपुर, भैरहवा र काठमाडौँमा नियमित उडान हुने गरेको छ ।

एयरलाइन्सले भने यात्रु नभएका कारण उडान स्थगित गरिएको बताएको छ । ‘उडान गर्न सकिन्छ । तर यात्रु नभएपछि घाटामा उडाउने कुरा भएन,’ कम्पनीहरू भन्छन्, ‘यात्रु हुन थालेपछि फेरि उडाउँला ।’ उडान सुरु गर्ने बित्तिकै बन्द हुनु दुखद हुने पर्यटन व्यवसायीहरू बताउँछन् । एयरलाइन्स कम्पनीहरूले पनि चर्चाका लागि मात्रै व्यवसायको सम्भावना नै नबुझी उडान सुरु गर्दा नियमित उडानमा समस्या परेको हो ।

तपाईको प्रतिक्रिया