Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

काठमाडौं – हामीले जहिल्यै आफ्नो आर्थिक अवस्थाअनुसार खर्च गर्नुपर्छ । चाहे त्यो आवास निर्माणमा होस् वा खानपिन वा घुमफिरमा । हाम्रो खर्च कहिले न्यूनतम आवश्यकता पुरा गर्नमा खर्च हुन्छ भने कहिले मनोरञ्जन वा विलासिता पुरा गर्न खर्च हुन्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

आवास मान्छेको पहिलो आवश्यकता हो । आर्थिक अवस्था कमजोर हुनेले कम पैसामा आफ्नो आवश्यकता पुरा गर्ने खालको घर बनाउँछ भने आर्थिक अवस्था राम्रो हुनेले सुविधा सम्पन्न घर बनाउँछ । हालका लागि हामी घरलाई आवश्यकताको रुपमा लिऔं र त्यसको लागत कसरी घटाउँने भन्ने बारे चर्चा गरौ ।

पहिला म एउटा उपभोक्ताको रुपमा कुरा गर्छु । एक उपभोक्ताले जहिले पनि कमसेकम लगानीमा उच्च गुणस्तर र राम्रो सामान चाहन्छ । तर वास्तविकतामा त्यस्तो हुँदैन । तपाईहरुले पनि किनमेल गर्दा धैरे याद गर्नुभएको होला, एउटा राम्रो गुणस्तरको जुत्ता किन्‍न जादा बजारमा ४/५ हजार पर्छ, तर हामी सामान हेर्न जाँदा एउटा जुत्ता त हो कति नै पर्छ र भन्‍ने सोचले गएका हुन्छौ । उस्तै परे २/३ हजारमा आइहाल्छ भन्‍ने सोचेको जुत्ताको मूल्य ८ हजार हुन्छ । यस्तो हुनुको कारण त्यो जुत्ताको गुणस्तर होला, उत्पादन लागत होला, बजारमा सामान ल्याउँदाको ढुवानी, व्यापारीको मार्जिन सबै गरेर होला तर पनि मूल्य कति पर्छ भन्‍ने हामीले अनुमान गर्न सकेका हुन्‍नौ ।

घर बनाउने काममा पनि ठिक त्यस्तै हुन्छ । आफन्त छर छिमेकहरुले बनाएको घर कति लागतमा बनाउनु भयो भन्‍ने बुझेर हामी आफ्नो घर पनि त्यति नै लागतमा बन्छ भन्‍ने सोच्छौ । तर घरको लागत त्यसरी निर्धारण हुँदैन । कस्ता सामाग्री कति परिमाणमा लाग्छ र त्यो सामानको मूल्य कति पर्छ भन्‍ने आधारमा घरको लागत निकालिन्छ । त्यस्तै फरक कम्पनीले दिने रेट पनि फरक हुन्छ । व्यक्तिगत रुपमा काम गर्ने मान्छेले दिने मूल्य र एउटा आधिकारिक कम्पनीले दिने मूल्य पनि फरक हुन्छ । एउटा व्यक्तिले घर बनाउँने जिम्मा लिदा उसको खर्च धेरै हुँदैन र त्यो मान्छेको क्षमता पनि धेरै हुँदैन । उ सँग प्राविधिक जनशक्ति र उपकरण हुदैन, अफिस हुदैन, स्टाफ हुदैनन् र उसले सरकारलाई कर पनि तिर्दैन । तर त्यसको सट्टा कुनै कम्पनीले काम गर्दा कम्पनीसँग प्राविधिक जनशक्ति, उपकरणहरु सबै हुन्छ र हजुरको निर्माणको काम सही तरिकाले गर्न सक्छन् । त्यस्तै एउटा कम्पनीले अफिस भाडा, स्टाफ खर्च गर्नुका साथै हजुरको घरको निर्माण पछिको सुविधा पनि दिन्छन् । तर त्यसको बदलामा मूल्य भने थोरै बढी हुन सक्छ । यस्तोमा गुणस्तर नखस्किने गरी घरको मूल्य कसरी घटाउने होला त ?

घर बनाउँदा खर्च जोगाउने केहि उपायहरु छन्, जसलाई हजुरहरुले घरको नक्शा बनाउँने बेला देखि अनुशरण गर्नु भयो भने पक्कै पनि फाइदाजनक हुन्छ ।

१) उचित परामर्श सहित अनुभवी आर्किटेक्ट बाट नक्शा बनाउने
हाम्रोमा घरको नक्सालाइ त्यति ठुलो कुरा मान्दैनौँ । कागजमा कोर्ने त हो के नै हुन्छ र जस्तो लाग्छ। तर घरको नक्सा बनाउने भनेको कागजमा कोर्ने भन्दा फरक प्रकृतीको मेहेनत गनुपर्ने हुन्छ । सबै मापदण्डहरु पुरा गरेर घर प्रयोगकर्तालाई सहज हुने गरि घर भित्रको आवतजावत सजिलो हुने गरि घर प्रयोग गर्नेलाई सहज हुने गरि विचार गरेर नक्सा बनाउनु पर्ने हुन्छ । साथैँ घरको नक्सा बनाउने काम खर्चालु हुने गरि बनाउनु पर्ने हुन्छ ।

घर बनाउने काम खर्च लाग्‍ने गरि नै नक्सा बनाउनु भयो भने लागत कम पर्छ । कम खर्च लाग्‍ने गरि नक्सा बनाउनको लागि अनुभवी आर्किटेक र इन्जिनियरबाट परामर्श लिन जरुरी हुन्छ। ३०/४० हजारमा नक्सा बनाउने ठाउँ खोज्दै जाँदा हजुरको नक्सा बनाउने इन्जिनियरहरुले आर्थिक पाटोमा ध्यान दिन सक्दैनन् र छिटो काम सकाएर पैसा लिने उदेश्य मात्र हुन्छ र त्यसरी बनाको नक्सा अनुसार घर बन्दा आवश्यकता भन्दा ४/५ लाख सम्मै बढि खर्च हुन्छ र हजुरलाइ पत्तो नै हुदैन बढि खर्च भएको। त्यसैले नक्साकरण गर्दा हुने खर्चलाई बढि नदेख्नु होला ।

उदाहरणको लागि तलको नक्सा हेर्नुहोलायसमा अब्सन १ भन्दा अब्सन २ बमोजिम घर बनाउँदा करिब ४ लाख महँगो पर्न जान्छ ।

२) महँगो निर्माण सामाग्री प्रयोग नगर्ने
प्राविधिक रुपमा सिमेन्ट डन्डी जुन ब्रान्डको प्रयोग गर्दा पनि केहि फरक पर्दैन । त्यो सिमेन्ट डन्डी उत्पादकको सामान क्‍वालिटि टेस्ट पास छन् र नेपाल सरकारबाट एन एस् चिन्ह प्राप्त हुनु पर्यो। यसरी क्‍वालिटि टेस्टमा पास भएको जुनसुकै कम्पनिको सामान प्रयोग गर्दा पनि घरलाइ केहि असर गदैन । त्यसैले सस्तो विकल्प हुदाहुदै महँगो सामाग्री प्रयोग गर्दा घरको लागत माथि जान्छ । त्यसको लागि घरको नक्सा तयार भएपछि बजेट प्लानिङ गर्नुपर्छ।

३) निर्माण सुपरिवेक्षण गराउने
घर बनाउन एउटा ठेकेदार खोजेर बनाउने जिम्मा दिने चलन हाम्रो समाजमा बढि छ तर त्यस्तो निर्माणको सुपरिवेक्षण गराउने चलन छैन । यो सबै भन्दा ठुलो भुल हो एउटा उदाहरण दिन्छु । मेरो एकजना आफन्तको घरको काम हेर्दिनु भनेर मलाई बोलाउनु भयो। हात्तीपाइला जगको ढलानको तयारी हुदैँ रहेछ । जमिनमुनिको काम भएर ठेकेदारले जगको वरिपरि खासै प्लाइको फर्मा लगाएको देखिएन र मैले प्रश्‍न गर्दा ठेकेदारले माटो छ त्यसैले कक्रीट रोकिहाल्छ नि भन्‍ने जवाफ दिए ।

मैले घर धनिलाई फर्मा नलगाई काम नगर्ने निर्देशन दिए र त्यहाँ बाट निस्किए । पछि घरको घर धनिलाई ठेकेदारले यो इन्जिनियरहरु धेरै जान्‍ने पल्टिन्छन् त्यस्तो गर्नु पदैन भनेर सम्झाउनु भएको र फर्मा नलगाई ढलान गर्नु भएछ । मेलै पछि जानकारी माग्दा त्यो ढलानमा करिब १३०-१३२ बोरा सिमेन्ट प्रयोग भएछ जबकी त्यसको स्टमेट जम्मा ९८ बोरा को थियो । त्यो भनेको त्यसबेलाको मुल्य अनुसार करिब ३०००० बढि हो । त्यसमा लागेको बालुवा र गिट्टीको अलग भयो । त्यसैले खर्च कम गर्न राम्रोसँग घर निर्माणको निरिक्षण र सुपरिवेक्षण गराउनु पर्छ।

४) खर्चको बारे पहिलै सल्लाह गर्ने
घर बनाउन कसलाई कति पैसा दिनु पर्ने हो र कति बेला दिनुपर्ने हो पहिले नै सल्लाह गरेर टुङ्गाउनु पर्छ र त्यो पैसामा कति सम्मको काम हुने हो र कुन कुन कामको लागि थप पैसा लाग्‍ने हो पहिलेनै तय गर्नु पर्छ । यसो गर्दा पछि ठगिने सम्भावना हुदैन ।

५) धेरै विलासी सामान प्रयोग नगर्ने
एक पल्ट बनाउने त हो नि भनेर धेरैले घर बनाउदा महँगो र विलासी सामान प्रयोग गर्नुहुन्छ । यसो गर्दा थोरै थारै गर्दै घरको लागत लाखौँले फरक पर्न जान्छ ।

घर कसैको लागि आवश्यकता हो कसैको लागि लक्जरि । आफ्नो क्षमता र आवश्यकता अनुसार सबैले खर्च गर्ने हो । यदि हजुरहरु लाई पनि घर निर्माण समबन्धी परामर्श चाहिन्छ भने अजिरा बिल्डर्स मा सम्पर्क गर्नुहोला । –नेपाल होम्सबाट

तपाईको प्रतिक्रिया