Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

काठमाडौं – विदेशी नागरिकलाई विदेशी मुद्रामा हाईराइज भवनका अपार्टमेन्ट युनिट बिक्री गर्न दिने बजेटको घोषणा कार्यान्वयन नभएको भन्दै निजी क्षेत्रले चिन्ता व्यक्त गरेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बजेटमा भनिएको छ- ‘निजी क्षेत्रलाई सयभन्दा बढी युनिट रहने अपार्टमेन्टको बढीमा २० प्रतिशत युनिट विदेशी नागरिकलाई विदेशी मुद्रामा बिक्री गर्न अनुमति दिने गरी कानूनी व्यवस्था गरिनेछ ।’

तर, आर्थिक वर्षको ७ महिना वितिसक्दा पनि विदेशीलाई अपार्टमेन्ट बिक्रीका लागि अनुमति दिन कार्यविधि नै बन्‍न सकेको छैन । प्रणालीमा विदेशी मुद्राको सञ्‍चिति बढाउन र तरलता संकन व्यवस्थापनका लागि सरकारले विदेशी नागरिकलाई विदेशी मुद्रामा अपार्टमेन्ट खरिद गर्न दिने कानुनी व्यवस्था गर्ने घोषणा गरेको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल जग्गा तथा आवास विकास संघले विदेशी नागरिकलाई अपार्टमेन्ट बिक्री खुला गर्न सुझाव दिएपछि सरकारले बजेटमै व्यवस्था गरेको हो । विदेशीलाई विदेशी मुद्रामा अपार्टमेन्ट खरि गर्न अनमुति दिने, विदेशी मद्रुामा चाहेको वखत खरिद भएको अपार्टमेन्ट पुनः खरिदबिक्री गर्न पाउने व्यवस्था लागू गर्न परिसंघले सरकारको ध्यानार्षण गराएको छ ।

विदेशी मुद्रामा खरिद भएको अपार्टमेन्ट निश्‍चित समयपश्‍चात स्वदेशी मुद्रामा बिक्री गर्न पाउने गरी कार्यविधि तर्जुमा गरी तत्काल जारी गर्नुपर्ने परिसंघको माग छ ।

यसरी अपार्टमेन्ट खरिद गर्ने विदेशी नागरिकलाई गैरपर्यटक भिसा प्रदान गर्न अध्यागमन ऐन, २०४९ र अध्यागमन नियमावली, २०५१ नियम ८(१) मा संशोधन गर्नुपर्ने हुन्छ । ‘विदेशी नागरिकलाई अपार्टमेन्ट किन्‍न दिएर दीर्घकालिन भिसा दिँदा उसले नेपालमा डलर खर्च गर्छ’ एक व्यवसायीले भने, ‘त्यो व्यवस्था विदेशी मुद्रा सञ्‍चिति, तरलता व्यवस्थापन, पर्यटनलगायत समग्र अर्थतन्त्रकै लागि सकरात्मक कदम हुनेछ ।’

विदेशमा पनि गैर नागरिकलाई अपार्टमेन्ट किन्‍न दिने व्यवस्था छ । जग्गाको स्वामित्व हस्तान्तरण गर्न नमिल्ने हुँदा विदेशी नागरिकलाई घर बिक्री गर्ने अवस्था हुँदैन् । विदेशीलाइ डलरमा अपार्टमेन्ट खरिद गर्न दिइएको खण्डमा अहिले अर्थतन्त्रमा देखिएका समस्याहरु समाधानमा ठूलो सहयोग पुग्‍ने जग्गा तथा आवास विकास संघ, काठमाडौंका अध्यक्ष इच्छाराज वाग्लेको भनाई छ ।

तर, अहिले नै बिक्रीका लागि नयाँ अपार्टमेन्टहरु छैनन् । भूकम्पपछि एकातिर नेपालीहरु गगनचुम्बी भवनमा बस्‍न डराए, अर्कोतिर सरकारले अपार्टमेन्ट निर्माणको मापदण्डमा कडाई गरेपछि त्यसयता नयाँ अपार्टमेन्ट पनि आउन सकेका छैनन् ।

यदि विदेशी नागरिकलाई अपार्टमेन्ट खरिद गर्न अनुमति दिएमा नेपालमा पनि अपार्टमेन्टको बहार आउने वाग्लेको भनाई छ । ‘विदेशीले नेपालीलाई पनि अपार्टमेन्टमा बस्‍न अध्यस्त बनाउँथे’ उनले भने, ‘अपार्टमेन्टको स्तर पनि निकै वृद्धि हुने थियो ।

नेपालमा अपार्टमेन्ट किनेर बस्‍न चाहने विदेशी धेरै रहेको व्यवसायी बताउँछन् । ‘यहाँ इन्डियन धेरै आउँथे, तेश्रो मुलुकका नागरिक पनि नेपालमा अपार्टमेन्ट किन्‍न चाहिरकेका छन्’ वाग्लेले भने, ‘उनीहरुले नेपालमा डलर खर्च गर्थे, बसाइ पनि लामो हुन्थ्यो, पर्यटन पनि फस्टाउथ्यो, अर्थतन्त्रलाई राम्रो हुने थियो ।’

तपाईको प्रतिक्रिया