Deneme Bonusu Veren Siteler
बुधबार, पौष १७, २०८१
Wednesday, January 1, 2025

हरेक अभिभावका लागि अहिले बच्चाहरुको स्क्रिन हेर्ने बानी ठुला समस्या बनेको छ । बालबालिका र आँखा दुवै संवेदनशील विषयवस्तु भए पनि बच्चाहरुमा रहेको स्क्रिन हेर्ने लत छुटाउन अभिभावकलाई ठुलो चुनौती बनेको छ ।

कति समय स्क्रिन हेर्न दिने ?

  •  दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई स्क्रिनसँग परिचित गराउन हुँदैन ।
  • २ वर्ष भन्दा माथिका बालबालिकालाई स्क्रिन देखाउनै परे दिनमा ४५ मिनेट भन्दा बढी नदेखाउने । अनलाइन कक्षा भए पनि सीमित समयमा मात्र स्क्रिनमा राख्ने ।
  • अनलाइन कक्षामा भए पनि बेलाबेलामा ब्रेक लिन लगाउनु पर्दछ ।
  • बच्चालाई नजिकबाट स्क्रिन हेर्न नदिने । मोबाइल तथा टेलिभिजन टाढा राखेर हेर्न दिने ।
  • कम्तीमा ३० देखि ४० सेन्टिमिटरको दूरीमा स्क्रिन राख्ने ।
  • स्क्रिनबाट टाढा राख्न बच्चालाई घरको बार्दली, छतमा केही बेर खेल्न दिने वा काम लगाउनु पर्दछ ।
  • आँखामा समस्या नआउँदै गाँजर, सागपात, आपँ जस्ता पहेँलो फलफूल र हरियो सागपात खान दिनुपर्दछ ।
  • बालबालिकालाई स्क्रिन टाइम कसरी कम गर्न सकिन्छ भन्नेमा अभिभावकको जोड हुनु पर्दछ ।
  • विद्यालय वा शिक्षकले पनि बच्चालाई प्रोजेक्ट वर्क दिँदा कम्प्युटर बेसमा भन्दा बाहिरको वातावरण सम्बन्धित गर्न लगाउने गर्नु पर्दछ ।
  • स्क्रिनमा बसेर गर्नुपर्ने होमवर्क शिक्षकले पनि दिनु हुँदैन ।
  • अभिभावकहरूले बच्चाको आँखा बेलाबेलामा जाँच गराइराख्नुपर्छ ।

धेरै समयसम्म स्क्रिनमा हेरिरहँदा यसले आँखा झिम्काउने संख्यालाई कम हुन्छ र आँखा सुख्खा बन्छ यसले आँखा चिलाउने, पोल्ने, रातो हुने हुन्छ । अझ बन्द कोठामा लामो समय बसिराख्दा टाउको धेरै दुख्छ । त्यसैले यसबारे अभिभावक सचेत बन्नु पर्दछ ।

तपाईको प्रतिक्रिया