मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौं – यातायात मजदुरले सोमबार नयाँ बसपार्क तथा माछापोखरी क्षेत्रमा गरेको आन्दोलनको क्रममा मोबाइल पसलहरूमा लुटपाट समेत भएको छ ।

मजदुरहरूले प्रदर्शनसहित आन्दोलन गर्ने क्रममा सोमबार साँझ नयाँ बसपार्कको ल्होत्से मलमा एक हुल आन्दोलनकर्ता प्रवेश गरी पसलहरू तोडफोड गरेर मोबाइल लुटेको मोबाइल नेपाल मोबाइल व्यवसायी संघले दाबी गरेको छ । उक्त क्रममा यातायात मजदुरले ८ देखि १० करोड रुपैयाँसम्मको मोबाइलमा क्षति पुर्‍याएको तथा लुटपाट गरेको संघको दाबी छ ।

उक्त लुटपाटको सिसिटिभी फुटेजहरू समेत सार्वजनिक भएका छन् । उक्त फुटेजहरू हेर्दा मोबाइल पसल खोलेर लुटपाट गरेको देखिएको छ । यसबाट प्रहरीले अनुसन्धान गरिरहेको छ । मोबाइल व्यवसायीले संघले भने आज पत्रकार सम्मेलन गरेर घटनाबारे विस्तृत जानकारी गराउने भएका छन् ।

तपाईको प्रतिक्रिया