आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – काठमाडौंको गोंगबुस्थित एक होटेलमा युवती मृत फेला परेकी छिन् । मोरङको लेटाङ नगरपालिका वडा नम्बर-२ घर भई हाल काठमाडौंमा बस्दै आएकी ३१ वर्षीया कल्पना भण्डारी सुवेदी शुक्रबार मृत फेला परेकी हुन् ।

छोरीसँग लिएर काठमाडौंको बाँसबारीमा बस्दै आएकी उनी एक युवकसँग होटेलमा गएकी थिइन् । उनका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा छन् ।

उनको शव होटेलकै बाथरुममा घाँटीमा तन्नाको पासो लगाई भुईँमा लडेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनी बाथरुम गएकोमा लामो समयसम्म नफर्केपछि सँगै रहेका युवकले होटेल सञ्चालकलाई खबर गरेका थिए ।

मृतक युवतीको शरीरमा चोटपटक देखिएकाले त्यहाँ कुटपिट पनि भएको अनुसन्धानबाट खुलेको छ । युवतीकी सासूले ‘आत्महत्या गर्न दुरुत्साहन दिन नहुने कसुर’ मा जाहेरी दिएकी छिन् ।

प्रहरीले उनीसँगै रहेका काठमाडौंको चन्द्रागिरि नगरपालिका- १५ का अनित कार्कीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

तपाईको प्रतिक्रिया