शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आसिफ शेखले आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड (खेल भावना अवार्ड) जितेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आसिफले अवार्ड प्राप्त गरेको बिहीबार पुष्टि गरेको छ ।

उनलाई २०७८ फागनुमा ओमानमा भएको चार देशबीचको टी–ट्वेन्टी अन्तर्राष्ट्रिय सिरिजमा आयरल्यान्डविरुद्ध देखाएको खेल भावनाको मूल्यांकन गर्दै यो अवार्ड प्रदान गरिएको हो । त्यसबेला आयरल्यान्डका एन्डी म्याकबर्नीले रन लिने क्रममा लडेका थिए । एन्डी लडेपछि आसिफले उनलाई रन आउट गरिदिएका थिएनन् ।

आसिफको यो खेल भावनाको प्रशंसा भएको थियो । आसिफको यही क्षणका लागि आईसीसीले उनलाई स्पिरिट अफ द क्रिकेट अवार्ड प्रदान गरेको हो ।

तपाईको प्रतिक्रिया