शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौँ – डोनाल्ड ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा फिर्ता अनुमति दिइने मेटाले घोषणा गरेको छ । घोषणासँगै उनको अकाउन्टमा दुई वर्षको निलम्बन समाप्त हुनेछ । निलम्बन ‘आउँदो हप्ता’ समाप्त हुने  मेटाले जानकारी दिएको छ ।

एक विज्ञप्तिमा मेटाका ग्लोबल अफेयर्सका अध्यक्ष निक क्लेगले भने कि  ‘राजनीतिज्ञहरूले के भनिरहेका छन् भन्ने सुन्न जनता सक्षम हुनुपर्दछ । ’ ट्रम्पको खाताले अब सार्वजनिक सुरक्षाको लागि गम्भीर जोखिम प्रतिनिधित्व नगर्ने एक समीक्षाले पत्ता लगाएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया