काठमाडौँ – एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेका छन् । राष्ट्रपति निर्वाचन प्रदेश सरकार विस्तार, सरकारलाई प्रभावकारी बनाउनेसहितका विषयमा छलफल गर्न ओली बालुवाटार पुगेको बताइएको छ ।बालुवाटारमा ३ माघमा सर्वदलीय बैठक बसेपछि एक हप्तापछि ओली बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा सहमति जुटाउने प्रयास स्वरुप प्रधानमन्त्रीले छलफलमा अग्रसरता लिएपछि ओली असन्तुष्ट छन् । सर्वदलीय बैठकमा पनि ओली आफ्नो कुरा राखेर बालुवाटारबाट छिट्टै निस्केका थिए ।