शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौँ – क्यालिफोर्नियाको एक घरमा बन्दुकधारीले चलाएको गोली लागेर ६ महिनाको बच्चासहित ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । टुलारे काउन्टी शेरिफको कार्यालयका शेरिफ माइक बोउडरेउक्सले उक्त आक्रमण गिरोह र लागूऔषध हिंसासँग जोडिएको हुन सक्ने बताए ।

स्थानीय समयअनुसार सोमबार बिहान ३ः३० बजेतिर दुईजना व्यक्तिले घरमा आक्रमण गरेको र धेरै गोली चलाएको प्रहरीले जनाएको छ । छिमेकीले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरी घटनास्थलमा पुग्दा घरभित्र र बाहिर मानिसहरुको शव भेटिएको थियो । प्रहरीले आक्रमणबारे अनुसन्धान सुरु गरेको छ । संयुक्त राज्य अमेरिकामा सन् २०२१ मा बन्दुकको गोली लागेर ४९ हजार मानिसको मृत्यु भएको थियो, जसमध्ये आधाभन्दा बढी आत्महत्या थिए ।

तपाईको प्रतिक्रिया