Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

टोकियो – जापानमा नेपालीद्वारा सञ्चालित कम्पनी ‘दिपवे जापान’ २० औँ वर्षमा प्रवेश गरेको छ । सन् २००३ सालमा स्थापना भएको कम्पनी १९ औँ वर्ष पूरा गरी २० औँ वर्षमा प्रवेश गरेको हो ।टोकियोको रोप्पंगीस्थित आफ्नै रेस्टुरेण्टमा एक कार्यक्रम गरी कम्पनीको वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । स्थापनाको २० औँ वर्षको अवसर पारेर दिपवे जापानले आफ्ना रेष्टुरेन्टका ग्राहकलाई लक्षित गरी ३ महिनासम्मको निम्ति १९ प्रतिशत छुट अफर योजना सार्वजनिक गरेको छ । कार्यक्रममा कम्पनीमा काम सुरुवात गरेर पाँच वर्ष पार गरेका १५ जना भन्दा बढिलाई प्रमाण पत्र र खादा लगाएर सम्मान गरिएको थियो ।कम्पनीका प्रमुख दीपक सुबेदीले वार्षिकोत्सवको अवसरमा सम्पूर्ण ग्राहक वर्ग, कर्मचारी र शुभेच्छुकलाई धन्यवाद प्रकट गरे । आफू सन् १९९९ मा कुक पेशाको रूपमा जापान प्रवेश गरेको भएपनि निरन्तरको लगन र मेहनतले व्यवसाय स्थापना गरी सफलता प्राप्त गर्न सफल भएको उनको भनाई छ ।कम्पनीले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू पनि गर्दै आएको छ । दिपवे फाउण्डेशन मार्फत विभिन्न आपतकालीन घटनाहरू, नेपालमा आइपर्ने विभिन्न प्रकोप तथा जापानमा नेपालीहरू समस्यामा पर्दा आर्थिक सहयोग गर्दै आइरहेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया