Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

काठमाडौं – सन् २०२३ मा विश्वअर्थतन्त्रमा निकै ठूलो चुनौती देखा पर्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले जनाएको छ । आईएमएकी प्रमुख क्रिस्टालिना जोर्जिभाले विश्वका एक तिहाइ देशमा यस वर्ष आर्थिक मन्दी छाउने र त्यसबाट लाखौँ मानिस प्रभावित हुने बताएकी हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

विश्वका तीन प्रमुख अर्थतन्त्र- संयुक्त राज्य अमेरिका, युरोपेली संघ र चीन एकसाथ सुस्त गतिमा चलेका हुनाले त्यस्तो परिस्थिति आउने उनको भनाइ छ । अमेरिकी टेलिभिजन च्यानल सीबीएससँगको अन्तर्वार्तामा उनले सन् २०२२ को तुलनामा नयाँ वर्ष थप कठिन हुने भनाइ राखेकी थिइन् । ‘विश्व अर्थतन्त्रको एक तिहाइमा आर्थिक मन्दी छाउने हामीले अनुमान गरेका छौं,’ जोर्जिभाले भनेकी छन्, ‘आर्थिक मन्दी नभएका देशहरूका लाखौं मानिसले पनि मन्दीकै जस्तो अवस्था महसुस गर्नेछन् ।’

उनले केही राष्ट्रमा पूर्णरूपमा मन्दी हुने र केही विकसित राष्ट्रमा पनि लखौं, करौडौं जनता यसको मारमा पर्ने बताइन् । उनले चीनमा बढ्दो कोरोना महामारीका कारण पनि त्यसबाट निर्भर रहेका देशहरूमा असर पर्ने बताइन् । ‘आगामी केही महिना चीनका लागि पनि गाह्रो हुने देखिन्छ। कोरोना महामारीका कारण चीनको विकासमा नकारात्मक असर पर्ने देखिएको हो । जसका कारण चीनबाट निर्भर देशहरूलाई अझ बढी असर हुने देखिन्छ,’ उनले भनिन्।

अन्तर्राष्ट्रिय मुद्रा कोषमा १९० देश आबद्ध छन् । यो संस्थाले वैश्विक अर्थव्यवस्थालाई स्थिर राख्नका लागि काम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया