Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

काठमाडौं – तत्कालीन अञ्चलाधीश शंकरराज पाठकले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रस्ताव गर्दा राजा वीरेन्द्रले सुरुमा अस्वीकार गरे । ७ दिनपछि उनै वीरेन्द्रले पाठकलाई बोलाएर वृत्तान्त सोधे, पाठकले यहाँको आवश्यकता र भावी रणनीति सुनाए । अन्ततः वीरेन्द्र उनका कुरामा राजी भए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

२०३२ सालमा पाठकले अघि सारेको अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्तावले मूर्त रूप लिएको छ । २२ अर्ब लागतमा विमानस्थल निर्माण भएसँगै पोखरेलीको करिब ५० वर्ष लामो सपना पूरा भएको छ । निर्माण सकिएको विमानस्थल आज उद्घाटन हुँदै छ ।

अहिलेसम्म प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उद्घाटनकै दिन अन्तर्राष्ट्रिय उडान हुने बताउँदै आएपनि अन्ततः उडान भने नहुने भएको छ । अन्तर्राष्ट्रिय उडान गर्दै आएको नेपालकै हिमालयन एयरलाइन्सले काठमाडौँबाट एयरबस ३२० पोखरामा अवतरण गर्नेछ । पोखराबाट अन्तर्राष्ट्रिय उडानको टुंगो लागेको छैन ।

तत्कालीन समयमा ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । पछि ६ सय २९ रोपनी अधिग्रहण भयो । पटक पटक गरेर ४ हजार रोपनी जग्गा अधिग्रहण गरी २२ अर्ब लगानीमा विमानस्थल निर्माण गरिएको हो । विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकले २ प्रतिशत ब्याजदरमा ऋण दिएको छ । एक्जिम बैंकले दिएको रकम मध्ये २५ प्रतिशत अनुदान हो भने ७५ प्रतिशतमा २ प्रतिशत ब्याज लाग्ने छ । २ हजार ५ सय मिटर रनवे भएको पोखरा विमानस्थलमा एयरवस ३२० उडान र अवतरण हुन सक्छ ।

तपाईको प्रतिक्रिया