Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

काठमाडौँ – चालू आर्थिक वर्षको ५ महिनाको अवधिमा विदेशबाट ६ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्मको अवधिमा उक्त मूल्य बराबरको वस्तु आयात भएको हो ।

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा २०.७१ प्रतिशतले आयात घटेको छ । गत आर्थिक वर्षको यही अवधिमा विदेशबाट ८ खर्ब ३८ अर्ब ४० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

यस्तै, ५ महिनाको अवधिमा नेपालबाट ६७ अर्ब ३० करोड ४५ लाख रूपैयाँ बराबरको निर्यात भएको छ । गत वर्षको यही अवधिमा नेपालबाट १ खर्ब २ अर्ब ९२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । जुन, यो वर्षको तुलनामा ३४.६१ प्रतिशत बढी हो ।

आयात र निर्यात घटेसँगै नेपालको वैदेशिक व्यापार समेत खुम्चिएको छ । गत आर्थिक वर्षको ९ खर्ब ४१ अर्ब ३२ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । जुन, यो वर्षको ५ महिनाको अवधिमा ७ खर्ब ३२ अर्ब ५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो गत वर्षको तुलनामा २२.२३ प्रतिशत कम हो ।

यस्तै, चालू वर्षमा नेपालको वैदेशिक व्यापार घाटा समेत घटेको छ । आयात खुम्चिएपछि चालू वर्षको ५ महिनाको अवधिमा १८.७७ प्रतिशतले व्यापार घाटा खुम्चिएको छ । गत वर्ष ७ खर्ब ३५ अर्ब ४८ करोड रूपैयाँ व्यापार घाटा भएको थियो । जुन, यो वर्ष ५ खर्ब ९७ अर्ब ४४ करोड रूपैयाँमा सिमित छ ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया