Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

काठमाडौं – गुल्मीमा उत्पादित कफी जापान र फ्रान्समा माग बढ्न थालेपछि किसानको ऊर्जा थपिएको छ । उनीहरू कफी खेतीमा थप आकर्षित हुन थालेका छन् । यहाँ उत्पादित कफी जिल्ला सहकारी संघमार्फत जापान र फ्रान्समा निर्यात हुन थालेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

संघका सचिव युवराज आचार्यका अनुसार जापान र फ्रान्समा मात्रै वार्षिक पाँच टन कफी निर्यात हुँदै आएको छ । किसान, समूह र सहकारीबाट खरिद गरिएको कफी प्रशोधन गरी संघले निर्यात गर्दै आएको छ । यसबाट संघले वार्षिक ६० लाख आम्दानी गर्दै आएको सचिव आचार्यको भनाइ छ ।

कफी विकास केन्द्र गुल्मीका प्रमुख जीवन आचार्यले कफीको बिउ स्रोत केन्द्रका रूपमा काम गरिरहेको बताए । कुल ६ हेक्टर क्षेत्रफलमा बीउका लागि कफी खेती गरिएको छ । अन्तर्राष्ट्रिय स्तरमा निर्यात हुन थालेपछि कफी खेतीमा किसान आकर्षण बढेको छ ।

रेसुंगा नगरपालिका-८ का २५ वर्षीय मनोज पाण्डे र २४ वर्षीय सरोज बेल्बासे व्यावसायिक कफी खेतीमा लागेका छन् । आँपचौरको पिपलारुखमा २०० रोपनीमा डेढ वर्षदेखि कफी खेतीमा रमाएका उनीहरूले २० हजार कफीका बिरुवा रोपेका छन् ।

‘विदेशमा पसिना बगाउनुभन्दा स्वदेशमै मिहिनेत गरौं भन्ने सोचले कफी खेती सुरु गरेका हौं,’ बेल्बासेले भने । मनोज र सरोजले गरेको कफी खेतीबाट हाल १ हजार बिरुवाले उत्पादन दिइरहेका छन् । मनोजका अनुसार गत वर्ष यसबाट ७ लाख आम्दानी भएको थियो।

उनीहरूले हालसम्म कफी खेतीमा ५१ लाख लगानी गरिसकेका छन् । कफी खेतीसँगै कफी प्रशोधन, प्याकेजिङ र बजारीकरणसमेत उनीहरूले आफैं गर्दै आएका छन् । उनीहरूले सिजनमा ३५ जना र अन्य समय दैनिक पाँच जनालाई रोजगारीसमेत दिएका छन्।

उनीहरू मात्रै होइन, आँपचौरका अधिकांश परिवार कफी खेती होमिएको छ । केहीले व्यावसायिक रूपमा केहीले घरखर्चका लागि मात्रै पनि कफी खेती गरेका छन् ।

आँपचौरका किसान कपिला खरेलको कपिला कृषि तथा पशुपक्षी फर्म छ । फर्ममा व्यावसायिक रूपमा कफी खेतीसँगै केरा खेती र कुखुरापालन पनि गरिएको छ । उनले रोपेका दुई सय कफीका बोट उत्पादन दिने अवस्थामा छन्। कफी खेती विस्तारका लागि उनी छहारी निर्माणमा लागेकी छन् ।

आँपचौरकै दुर्गा खरेलले पनि कफी खेतीलाई बगैंचाका रूपमा विस्तार गरेका छन् । उनले प्रत्येक वर्ष ४ क्विन्टल बढी कफी बिक्री गर्दै आएका छन् । ‘कफी खेतीमा लगानी नडुब्ने भएकाले पनि युवाहरू आकर्षित भएका हुन्,’ उनले भने ।

गुल्मीको आँपचौर कफीको उद्गमस्थल हो । मुसिकोट नगरपालिका-५ आँपचौरबाटै नेपालमा कफीको विस्तार भएको मानिन्छ। आँपचौरका स्थानीय हिरा गिरीले १९९५ मा कर्मथलो बर्माको सिन्धु प्रान्तबाट फर्किंदा कफीको बीउ ल्याएर रोपेपछि पहिलो पटक नेपालमा कफी खेतीको सुरु भएको हो ।

कफीको सुरुआत भएको झन्डै तीन दशकसम्म पनि बिरुवा अन्योलमै थियो। त्यसपछि नेपाल सरकारले भारतबाट कफीको बिउ ल्याएर वितरण गरेपछि आँपचौरमा कफीको व्यावसायिक खेती सुरु भएको स्थानीय दुर्गा खरेलको भनाइ छ । -रासस

तपाईको प्रतिक्रिया