Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

काठमाडौँ – स्थानीय बजारमा साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेर एक लाख रुपियाँ नाघेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेका कारणले गर्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।

शुक्रबार सुन प्रतितोला छ सय रुपियाँले मूल्य बढेर एक लाख तीन सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मङ्सिर महिना सुरु भएदेखि नै अन्तर्राष्ट्रिय बजारमा सुनको मूूल्य बढ्दै गएकाले स्थानीय बजारमा मूल्य बढ्दै गएको हो । महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले अन्तर्राष्ट्रिय बजार अस्थिर भएकाले सुनमा लगानीकर्ताको आकर्षण बढ्दै गएकाले मूल्य बढ्न थालेको उहाँले बताउनुभयो ।

गत आर्थिक वर्षको फागुन अन्तिम साता सुनको मूल्य एक लाख पाँच हजार पाँच सय रुपियाँ पुगेको थियो । त्यसपछि क्रमिक रूपमा घटेर असोज ३ गते ९१ हजार चार सय रुपियाँमा कारोबार भएको थियो । त्यसपछि क्रमिक रूपमा उकालो लागेको सुनको मूल्य एक लाख रुपियाँ नाघेको हो । यसैबीच चाँदीको मूल्यसमेत बढेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया