मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौं – मेटा अन्तर्गतको इन्स्टाग्रामले प्रयोगकर्तालाई आफूले राखेको पोष्ट अरुको फिडमा पुगे नपुगेको जानकारी दिने भएको छ । यसको अर्थ प्रयोगकर्ताले हालेको पोस्टको रिचमाथि प्रतिबन्ध लागेको छ अथवा आफ्नो पोस्ट अरुको फिडमा पुगेको छ कि छैन भन्ने जानकारी पाउन सकिनेछ ।

हालसम्म इन्स्टाग्राममा यो फिचर उपलब्ध थिएन । त्यो हुँदा कुनै पोष्टको रिचमा प्रतिबन्ध लाग्दा प्रयोगकर्तालाई जानकारी हुँदैन थियो । जसले गर्दा आफ्नो कुनै पोष्टमा लाइक अथवा कमेन्ट जस्ता गतिविधिहरू किन कम भइरहेको छ भनेर प्रयोगकर्ताले थाहा पाउँदैन थिए । तर अब भने रिच रोकिएको र किन रोकिएको भन्ने जानकारी प्रयोगकर्ताले पाउनेछन् ।

 

तपाईको प्रतिक्रिया