शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौँ – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको परिणाम आउनै लाग्दा दुई नेताबीच भेटवार्ता भएको हो ।

नेपाललाई भेट्न नेता पौडेल नेपालनिवास कोटेश्वर पुगेका थिए । दुई नेताबीच निर्वाचन परिणामपछि पनि सत्ता गठबन्धनलाई कायमै राख्ने विषयमा कुराकानी भएको बताइएको छ । पौडेलले हालको सत्ता गठबन्धन बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै गठबन्धनलाई कायमै राख्न पहल गर्न नेपालसँग आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया